घले ल्होसारको अवसरमा चिचिलाको बाक्सिदामा भलिवबल र नृत्य प्रतियोगिता



खाँदबारी । माघे सक्रान्ति तथा घले ल्होसारको अवसरमा चिचिला गाउँपालिका ५ बाक्सिदामा भलिबल र नृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय क्लव रोजमेरी युथ क्लव र घले समुदायका संस्था लिःल फुङ् घले समाजको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

पौष २६ बाट सुरु गरिएको चिचिला गाउँपालिका भित्रको साविक टोलहरु विचको भलिबल प्रतियोगिता माघ १ मा सम्पन्न गरि नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । १२ टिमको सहभागिता रहेको भलिवल तर्फ वडा नम्बर २ काे साेबाेक टाेल प्रथम, वडा नम्बर ५ काे पाखा गाउँ टाेल द्वितीय र आयाेजक बाक्सिदा टाेल तृतीय भएका छन् । प्रतियोगिताको विजेताले मेडल र प्रमाण पत्र सहित नगद प्राप्त गरेका छन् ।

नृत्य प्रतियोगिता तर्फ स्वर्णिम मत्स्यपाेखरी क्लव पहिलाे भएका छन् भने रुप्लुङ समाज विकास केन्द्र दाेश्राे भएका छन् । तेश्राे स्थान न्यु जेनेरेशन बाल क्लवले हाँसिल गरेका छन् । प्रतियाेगीतकाे पहिलाे, दाेश्राे र तेश्राे हुनेलाई नगद र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

सम्बन्धित समाचार