तुम्लिङटारमा मन्त्री किरातीले भने राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनुपर्छ



संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अब बन्ने राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा हुने बताएका छन् । उनले राष्ट्रपति बनाउनमा सहमतिको विकल्प नभएको पनि बताए ।

बुधबार संखुवासभाको तुम्लिङटारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा दुईमत नभएको बताए । उनले सबैले स्विकार्ने व्यक्ति राष्ट्रपति बनाउन खोजिरहेको पनि बताएका छन् । मन्त्री किराँतीले कांग्रेसलाई राष्ट्रपति दिँदा सहमति पनि हुन सक्ने बताएका छन् । राष्ट्रपति बनाउन राष्ट्रिय सहमति गर्दा एमाले पनि सहमत हुनुपर्ने उनले बताए ।

मन्त्री किराँतीले आर्थिक विकासको मेरुडण्ड पर्यटन भएको बताए । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ उनले भने, ‘अरु देशको फोटोकपी गर्नु हुँदैन । प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।

सम्बन्धित समाचार