पुस्तक ‘जीवनकाे चक्रमा म शंकरदास मेवाहाङ’ विमाेचन



खाँदबारी । किरात मेवाहाङ याखोम्माको अध्यक्ष शंकरदास मेवाहाङ द्वारा लिखित आत्मवृतान्त ‘जीवनको चक्रमा म शंकरदास मेवाहाङ’ हालै बिमोचन भएको छ । संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पाँच जना विशिष्ट व्यक्तिहरुद्वारा उक्त पुस्तक बिमोचन गरिएको हाे ।

संखुवासभाका प्रदेश सभा सदस्य राजेन्द्र कार्की, आदिवासी किरात महासंघका अध्यक्ष धिरेन बाहिङ, सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ, साल्पासिलिछो गाउँपालिका भोजपुरका अध्यक्ष दौलथ कुलुङ र चिचिला गाउँपालिकाका उपाध्यक्ष मनकला मेवाहाङले संयुक्त रुपमा पुस्तक बिमोचन गरेका हुन् ।

कुनै औपचारिक शिक्षा नलिएका सामन्य साक्षर लेखकको यो तेस्रो पुस्तक हो । पुस्तकमा लेखकको सुरुवाती जीवनको संघर्षदेखि पञ्चायती व्यवस्थाको अन्तिम प्रधानपञ्च हुँदै संखुवासभादेखि धरान बसाइँसराइसम्मको अनुभव समेटिएका छन ।

संखुवासभा जिल्लाको बिकट गाउँ मांतेवामा जन्मिएका लेखकले राणाकाल अन्त्य तिरको निरंकुश शासनको पीडा र चरम गरिबीको कथा पुस्तकको पहिलो भागमा समेटिएको छ । पुस्तकको मध्य भागमा लाहुर जान असफल भएको घटना, विवाह र राजनीतिमा प्रबेशको प्रसंग उल्लेख छन ।

पुस्तकको अन्तिम भागमा परिवारका सदस्यहरुको वैदेशिक रोजगारी (लाहुर)को कारण आएको आर्थिक सुधार, समाजसेवामा प्रबेश र बसाइँसराइको कथा उल्लेख गरिएका छन । पुस्तकको बिचबिचमा लेखकले विभिन्न रमाइला दन्त्य कथा, जनजिब्रोका भाका, समसामयिक घटनाका विवरण पनि समेटेका छन ।

२४२ पृष्ठको उक्त पुस्तकको मुल्य रु ३५० तोकिएको छ । पुस्तकको डिजाइन आशिष मुखियाले गरेका छन भने उज्ज्वल पृन्टिङ प्रेसले प्रकाशित गरेको छ ।

मेवाहाङ सिलिचाेङ २ बालामा यहिँ फागुन २१ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट दाेश्राे पटक अध्यक्ष पदमा चुनिएका हुन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..