विराटनगर । विराटनगर महानगरपालिका– ४ र ५ मा पर्ने जामुनगाछी चोक आसपासका सर्वसाधारण एक वर्षयता आन्दोलरत छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने जामुनगाछी खण्डमा काम नभएका कारण सडक धुलाम्मे छ । ठेकेदार कम्पनी भागेपछि स्थानीयले सडक निर्माणको माग गर्दै विरोध गरिरहेका छन् । सडक निर्माण नभएपछि स्थानीयले गत मंसिरको चुनावमा नेता निषेध अभियानै चलाएका थिए ।
कोशी राजमार्गको मोरङ–सुनसरी जोड्ने ६ लेन सडकको बुढीखोला पुलको निर्माण अलपत्र भएको एक वर्ष हुन लाग्यो । दुई पटकसम्म ठेक्का अवधि म्याद थप गरेर पुल निर्माण सक्नुपर्ने अवधि २०८० असारसम्म पु¥याइएको छ । काम अन्तिम चरणमा पुगेको छ तर ठेकेदार सम्पर्कमा छैन ।
विराटनगरस्थित कोशी अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि हालिएको जगका रडमा खिया लागिसकेको छ । जग हालेपछि काम रोकिएको एक वर्ष भइसक्दा पनि काम हुन सकेको छैन । अस्पताल प्रशासनले ताकेता गरिरहे पनि ठेकेदार सम्पर्कविहीन छ ।
यी तीन वटा आयोजनासँग जोडिएको ठेकेदार कम्पनी भूमि इन्फ्रास्टक्चर प्रालि हो । एक वर्षयता कम्पनी सम्पर्क बिहीन भएपछि ती आयोजनाको काम रोकिएको छ । त्यसबाहेक भूमिले ठेक्का लिएका अन्य विकास निर्माणका काम पनि अलपत्र छन् ।
हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाका अनुसार कार्यालय मातहतका आयोजनाको २ वटा खण्डमा भूमि इन्फ्रास्टक्चरले अन्य ठेकेदार कम्पनीसँग मिलेर ठेक्का पारेको छ ।
हुलाकी राजमार्गको जामुनगाछीदेखि पश्चिम केसलिया खोलासम्म चार किलोमिटर र सुनसरी खण्डमा इनरुवादेखि कप्तानगञ्जसम्मको २२ किलोमिटर सडक निर्माणको ठेक्का भूमिले ज्वाइन्ट भेन्चरमा पाएको थियो । यी दुबै खण्डको काम अहिले रोकिएको छ ।
जामुनगाछी खण्डको सडक निर्माणको ठेक्का देव एण्ड सायररभूमि जेभीले २०७८ जेठमा पाएको थियो । यसको अवधि १ साउन २०८० मा सकिदैछ । १८ करोड ८ लाख रुपैयाँको यो खण्डको काम बाँकी अवधिमा सकिने सम्भावना छैन ।
इनरुवादेखि कप्तानगञ्जसम्मको लिङ्क रोडको काम गौरी पार्वतीरदेव एण्ड सायररभूमिले संयुक्त रुपमा पाएका थिए । ५७ करोड ३१ लाख रुपैयाँको यो सडक खण्डको काम २०८१ साउनसम्म गरिसक्नुपर्ने हो ।
दुवै आयोजना हेर्ने जिम्मा स्थानीय साझेदारको रुपमा भूमि इन्फ्रास्टक्चरले लिएको थियो । तर भूमिका सञ्चालक सम्पर्कविहीन भएपछि जामुनगाछीमा देव एण्ड सायर र इनरुवा–कप्तानगञ्ज खण्डमा गौरी पार्वतीले काम सुरु गर्ने तयारी गरेको इन्जिनियर खतिवडाले बताए ।
पटक पटक ताकेता गर्दा काम गरिरहेको ठेकेदार भूमि सम्पर्कमा नआएपछि कार्यालयले संयुक्त रुपमा ठेक्का लिएको अर्को कम्पनीलाई काम सुरु गर्न लगाएको हो । ‘पटक–पटक ताकेता गर्दा सुरुका केही महिना त काम अघि बढेन’, खतिवडाले भने, ‘भूमि सम्पर्कमा नआएपछि अरु पार्टनर काम गर्न आएका छन् ।’
कोशी राजमार्गको ६ लेन सडक आयोजनामध्ये बुढीखोला पुलको ठेक्का सपनारदेव एण्ड सायररभूमि इन्फ्रास्टक्चर जेभीले पाएको थियो । ६ लेन सडक आयोजना प्रमुख दानकुमार शाक्यका अनुसार जेभीमा ठेक्का पाए पनि भूमिले काम गर्नुपर्ने थियो । कार्यालयले ताकेता गर्दा भूमि सम्पर्कमा नआएपछि अर्को साझेदार देव एण्ड सायरलाई काम सुरु गर्न लगाइएको उनले बताए ।
सो पुल २०७४ साल फागुन २३ गते २४ करोड रुपैयाँमा ठेक्का लागेको पुल निर्माणको अवधि दुई पटक थप भइसकेको छ । पछिल्लो पटक थपिएको मिति २०८० असारमा सकिदैछ । यो अवधिमा काम पूरा हुने अवस्था छैन ।
पुल निर्माणको ठेक्का लिएका जेभी ९ज्वाइट भेन्चर० मध्ये भूमिले स्थानीय साझेदारको रुपमा काम सुरु गरेको थियो । तर विराटनगर महानगरपालिका– ३ मा कार्यालय रहेको कम्पनीका सञ्चालक कृष्ण बोहोरा सम्पर्क बिहीन भएपछि काम अलपत्र परेको थियो ।
भूमि इन्फ्रास्ट्रक्चर बोहराको एकल स्वामित्वको कम्पनी हो । ठेक्का लिएको काम अलपत्र पारेपछि काम गर्न आउन भूमिलाई सरकारी निकायले पटक पटक ताकेता गरेको थियो । भूमिको तर्फबाट जवाफ नआएपछि हुलाकी र ६ लेन सडक आयोजनाले साझेदार कम्पनीलाई काम गर्न लगाएको हो ।
कोशी अस्पतालको भवन निर्माणका लागि २०७८ असार २३ गते रमनरभूमि इन्फ्रास्टक्चररभूमि कन्ट्रक्सन ९बिसिपिएल० ले संयुक्त रुपमा ठेक्का लिएको थियो । तीन साझेदारमध्ये भूमि इन्फ्रास्ट्रक्चर प्रालिले काम सुरु गरेको थियो । ३३ करोड २२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले २०८० पुस २२ गते काम सक्नुपर्ने सम्झौता छ । तर भूमि सम्पर्कबिहीन भएपछि जग उठाउने काम नै रोकिएको छ ।
अस्पताल भवनको रोकिएको काम गर्न ठेकेदार कम्पनीको अर्को साझेदार आउने आएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । ‘भूमि भागेपछि अर्को साझेदार आएर काम गर्ने भनेका छन्’, उनले भने, ‘१–२ दिनमा काम सुरु होला ।’
कोशी अस्पतालको भवन निर्माणमा भूमि इन्फ्रास्ट्रक्चरको साझेदार कम्पनी बीसीपीएल ९ भूमि कन्ट्रक्सन० का प्रोजेक्टर म्यानेजर रमेशकुमार झा जिम्मेवारी पाएको कम्पनीले काम नगरेपछि आफूहरुले काम सुरु गरेको बताए ।
‘भूमि इन्फ्रास्ट्रक्चरले काम सुरु गरेन, सञ्चालक सम्पर्कविहीन छन्’, झाले भने, ‘भूमि इन्फ्रास्ट्रक्चरले काम नगरेपछि रमन कन्स्ट्रक्सन मार्फत काम सुरु गरेका छौं ।’
उनका अनुसार भूमि इन्फ्रास्ट्रक्चरका सञ्चालक सम्पर्कमा नरहेका कारण कोशी अस्पताल भवनको काम रोकिएको हो । भूमि इन्फ्रास्ट्रक्चरका सञ्चालक कृष्ण बोहरा के कारण सम्पर्कविहीन भए र उनी कहाँ छन् भन्ने खुलेको छैन ।
प्रतिक्रिया