विराटनगर महानगरपालिकाको आफ्नै लोगो सार्वजनिक



विराटनगर । विराटनगर महानगरपालिकाको आफ्नै लोगो सार्वजनिक भएको छ । बिहीबार एक कार्यत्रमकोबीच महानगरपालिकाले लोगो सार्वजनिक गरेको हो ।

नुरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो महानगरका मेयर नागेश कोइराला, उप–प्रमुख शिल्पा निरला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलगायतले सार्वजनिक गरेका हुन् ।

१५८ जनाले डिजाइन गरेर पठाएका मध्ये श्रेष्ठले बनाएको लोगोबाट विराटनगरको पहिचान झल्किएको पाइएपछि छनोट गरिएको उप–प्रमुख कार्कीले बताइन् ।

तर अहिले लोगोको विषयमा चौतर्फी विरोध भइरहेको छ । विराटनगरबासीले यो लोगोले विराटनगरको पहिचान झल्काउन नसकेको प्रतिक्रिया दिइरहेका छन् ।

सम्बन्धित समाचार