तुम्लिङटारलाई गुल्माेहरकाे राजधानी बनाईने



खाँदबारी । विश्वकाे सवैभन्दा हाेचाे अरुण उपत्यकामा पर्ने तुम्लिङटारलाई गुल्माेहरकाे राजधानी बनाउने गरि बृक्षराेपण गरिने भएकाे छ । तुम्लिङटार क्षेत्रमा पाँच हजार बिरुवा राेपेर गुल्माेहरकाे राजधानी बनाउन तुम्लिङटारका युवाहरु लागिपरेका छन् ।

जेठ २२ गते बृक्षराेपण दिवसकाे दिन तुम्लिङटार क्षेत्रमा ५ सय बिरुवा राेपेर गुल्माेहरकाे राजधानी बनाउने अभियान सुरु गरिने गुल्माेहर अभियानका संयाेजक देबेन्द्र घिमिरेले जानकारी दिनुभयाे । यस बर्ष ५ सय बिरुवा लगाउने र अर्काे बर्ष बिरुवाकाे संख्या ५ हजार पुराउने लक्ष्य राखिएकाे संयाेजक घिमिरेले मकालु अनलाईनलाई जानकारी दिनुभयाे ।

उत्तर दक्षिण काेशी राजमार्गकाे दायाँबायाँकाे लगतकत्ता नसकिएकाेले यस बर्ष तुम्लिङटारकाे बजार क्षेत्र र सडक डिभिजन कार्यालय जाने सडककाे किनारमा गुल्माेहरकाे बृक्षराेपण गरिने अभियानका संयाेजक घिमिरेले जानकारी दिनुभयाे । मुख्य सडककाे दाँयाबायाँ यकिन गर्नकाे लागि नगरपालिका लगायतका सम्बन्धित कार्यालयहरुसँग कुरा भईरहेकाे र अर्काे बर्ष मुल सडककाे दुवै तर्फ बिरुवा लगाईने उहाँले बताउनुभयाे ।

टाढा बसेकाहरुले पनि आफ्नाे नाममा बिरुवा लगाउन सक्ने घिमिरेले जानकारी दिनुभयाे । काेहि ईच्छुकले राेप्न चाहेकाे संख्या बराबरकाे रकम पठाए सम्बन्धितकै नामकाे ‘ट्याग’ राखेर बिरुवा राेपिने र प्रत्येक ३-३ महिनामा बिरुवाकाे अवस्थाकाे बारेमा बिरुवाकाे धनीलाई जानकारी गराउने ब्यवस्था गरिएकाे उहाँले जानकारी दिनुभयाे । राेपिएकाे सवै बिरुवाकाे हेरचाह गुल्माेहर अभियान समितिले गर्ने र त्यसकाे संरक्षणकाे लागि समुदायलाई पनि जिम्मेवार बनाईने घिमिरेले जानकारी दिनुभयाे ।

केहि बर्षपछि ढकमक्क फुल्ने गुल्माेेहरकै कारण आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अभियान्ताहरुकाे अपेक्षा छ । गुल्माेहरकाे फुल हेर्न आउनेहरुकै कारण यस क्षेत्रकाे आयस्तर बृद्धि हुने गुल्माेहर अभियानका संयाेजक घिमिरेले विश्वास ब्यक्त गर्नुभयाे । गुल्माेहर राेपणले जलबायु परिवर्तन राेक्न सहयाेग गर्ने र माहुरी पालन गर्नेहरुलाई पनि राम्राे हुने घिमिरेले बताउनुभयाे ।

गुल्माेहर सिरिस प्रजातीकाे रुख हाे । याे रुख बाेट नै ढाकिने गरि फुल्ने गर्दछ ।

सम्बन्धित समाचार