संखुवासभा: प्राविधिक धार तर्फ मादी माविका सुगम ढकाल बने जिल्ला सर्वाेत्कृष्ठ (ग्रेडसिट सहित)



खाँदबारी । हालै सार्वजनिक भएकाे एसईईकाे नतिजा अनुसार सङ्खुवासभामा प्राविधिक धार तर्फ मादी माध्यमिक विद्यालयका सुगम ढकाल जिल्ला सर्वाेत्कृष्ठ बनेका छन् । ढकालले ३.८ जिपिए ल्याएर प्राविधिक धार तर्फ जिल्ला प्रथम बनेका हुन् ।

कम्प्युटर ईञ्जिनियरिङ पढेका ढकालले अनिबार्य अंग्रेजीमा ३.६ ल्याएका छन् भने अनिबार्य नेपालीमा ३.२ ल्याएका छन् । त्यस्तै, अनिबार्य गणितमा ४, अनिबार्य विज्ञानमा ३.६, क्प्युटर रिपेयर एण्ड मेन्टेनेन्समा ४, कम्प्युटर नेटवर्कसमा ४ जिपिए ल्याएका छन् ।

उनले डाटाबेस मेनेज्मेन्ट सिस्टममा ४, ईलेक्ट्राेनिक्स डिभाईस एण्ड सर्किटसमा ४, माईक्राे प्राेसेसरमा ४, अब्जेक्ट ओरियन्टेड प्राेग्रामिङमा ३.६ र एक्स्ट्रा म्याथमेटिक्समा ३.२ जिपए प्राप्त गरेका छन् ।

साधारण धार तर्फ भने हिमालय मावि खाँदबारीका प्रसिद्ध थापा सर्वाेत्कृष्ठ बनेका छन् । उनले पनि ३.८ जिपिए नै ल्याएका छन् ।

प्राविधिक धार तर्फ सर्वाेत्कृष्ठ बनेका ढकालकाे प्राप्ताङ्क उनकाे ग्रेडसिटमा हेर्न सकिन्छ ।

सम्बन्धित समाचार