मेराे भाईस युनिभर्षमा तहल्का मच्चाईरहेका परेशलाई नजिकबाट चिन्नेकी ?



खाँदबारी । यस अघि ‘द भाेईस अफ नेपाल’मा देखिएका परेश राई अहिले हालसम्मकै सर्वाधिक पुरस्कार राशी रहेकाे गायन रियालिटी साे ‘मेराे भाेईस युनिभर्स’मा तहल्का मच्चाईरहेका छन् । प्रत्येक एपिसाेडमा दर्शक र निर्णायकहरुकाे मन जित्दै आएका परेश बुधबार प्रसारित कार्यक्रमबाट उत्कष्ठ ७ भित्र अटेका छन् ।

संखुवासभा जिल्लाकाे चैनपुर नगरपालिका १० ईकुम्बामा जन्मिएका परेशले खराङ स्थित सारदा माविबाट एसएलसी उत्तिर्ण गरेका थिए । २०६९ मा एसएलसी सकेपछि धरान गएर मानविकी संकायबाट दश जाेड दुई उत्तिर्ण गरे ।

सानै उमेरदेखि गीत संगीतमा रुचि रहेकाे परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका थिए । धरानमा संगीत विषय पढ्न नपाएपछि उनी काठ्माण्डाै हानिए । काठ्माण्डाै स्थित मातातिर्थ क्षेत्रमा दिदिकाे घरमा बसेर उनले आरआर क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । अहिले उनी संगीत विषयकाे तेश्राे बर्षमा अध्ययनरत छन् । २४ बर्षीय परेश ४ दाजु र ४ दिदिकाे कान्छाे भाई हुन् ।

सुरु सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका परेश २०७१ मा रेडियाे नेपालले आयाेजना गरेकाे खुल्ला आधुनिक गीत प्रतियाेगितामा पुर्वाञ्चल विजेता बने । त्यस्तै अर्काे गायन रियालिटी साे भाेईस अफ नेपालकाे पछिल्लाे सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।

यस पटक सञ्चालन भईरहेकाे गायन प्रतियाेगितामा उनी उपाधी जितकाे पर्खाईमा छन् । दर्शक तथा शुभचिन्तकहरुबाट पर्याप्त भाेट पाए आफुले उपाधी जित्ने परेशकाे दावी छ । कार्यक्रममा उत्कृष्ठ प्रस्तुती दिन सके दर्शककाे साथ पाउनेमा उनी ढुक्क छन् । मकालु अनलाईनसँग कुरा गर्दै परेशले भने, ‘मेहेनत निरन्तर गरिरहेकाे छु, बाँकी त दर्शक शुभचिन्तककै हातमा छ, उहाँहरु नै हाे मेराे भगवान ।’

आफु विजेता हुँदा हाेस वा नहुँदा ठेट नेपाली गीत र नेपाली माटाे बाेल्ने गीतकाे प्रवर्धनमा लागिरहने समेत उनी बताउँछन् ।

मेराे भाेईस युनिभर्समा प्राप्त भाेटकाे आधारमा परेश पाँचाैं स्थानमा रहेका छन् । ४० दशमलव ०९ प्रतिशत मत प्राप्त गरेका परेश भन्दा अगाडी ४ जना प्रतिस्पर्धिहरु रहेका छन् ।  याे साता सवैभन्दा बढी मत प्राप्त गर्नेमा शिशिर ठटाल रहेका छन् । उनी सिक्किमबाट सहभागी हुन आएका हुन् ।

सवैभन्दा कम मत प्राप्त गरेर विक्कि परियार याे साता प्रतियाेगिताबाट बाहिरिएका छन् भने उत्कृष्ठ ७ भित्र रहने मध्ये स्माईल दास २४ दशमलव ०२ अंक सहित अन्तिम स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार