कारागार घटना: संखुवासभाका राजनितिक दलले बनायाे अनुसन्धानलाई निगरानी गर्ने कार्यदल



खाँदबारी । बुधबार विहान जिल्ला कारागार खाँदबारीमा मृत्यु भएकाे २ जना कैदी बन्दीकाे मृत्यू भएकाे घटनाकाे अनुसन्धानलाई निगरानी तथा सहयाेग गर्ने गरि संखुवासभाका राजनितिक दलहरुले कार्यदल गठन गरेका छन्  । नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य हेमराज घिमिरेकाे संयाेजकत्वमा कार्यदल निर्माण गरि विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

कार्यदलमा जिल्लाका राजनितिक दलहरुले सिफारिस गरि पठाएकाहरु सदस्य रहेकाे संयाेजक घिमिरेले जानकारी दिनुभयाे । समितिले केन्द्र, प्रदेश र जिल्ला स्तरीय अध्ययन समितिले गरेकाे अध्ययनलाई सहयाेग गर्ने, अनुसन्धानलाई प्रभावकारी बनाउने र सत्य तथ्यलाई ताेडमाेड हुनबाट राेक्न निगरानी गर्ने कार्य गर्ने संयाेजक घिमिरेले बताउनुभयाे ।

कारागारबाट भाग्न खाेजेकाहरुलाई असफल भएपछि उनीहरु विच झगडा हुँदा मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालयले दावी गर्दै आएका छन् । तर मृत्तकका आफन्तहरु उक्त कुरा स्वीकारेका छैनन् । प्रहरीकाे कुटाईबाट उनीहरुकाे मृत्यू भएकाे स्थानीय तथा आफन्तहरु दावी गर्दै आएका छन् ।

मृत्तककाे शव घटनाकाे सत्य तथ्य सार्वजनिक नभएसम्म नबुझ्ने बताएका छन् । अहिले पनि शव जिल्ला अस्पतालकाे शवगृहमा राखिएकाे छ । शव हेर्नका लागि आफन्त र सञ्चारकर्मीहरुलाई पनि राेक लगाईएकाे छ ।

मृत्यू हुनेहरुमा संखुवासभा जिल्ला मादी नगरपालिकाका ५ का १९ बर्षीय विनाेद ताेलाङ्गी र नुवाकाेट जिल्ला ककनी गाउँपालिका ७ का २८ बर्षीय आकाश बलामी रहेका छन् । ताेलाङ्गी जबरजस्ती करणी मुद्दा र बलामी चाेरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

 

सम्बन्धित समाचार