राम रानाकाे ‘कुटुकुटु खायाे कलेजी’ले चर्चा बटुल्दै (भिडियाे सहित)



काठ्माण्डाै । माेडल राम रानाले निर्माण गरेकाे कुटुकुटु खायाे कलेजी बाेलकाे गीतले चर्चा बटुलीरहेकाे छ । राम रानाकाे युटुबबाट सार्वजनिक गरिएकाे याे गीतकाे भिडियाे एक हप्तामा नै एक लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।

भिडियाे हेरेर प्रतिकृया दिने दर्शकहरुले पनि गीत तथा भिडियाे उत्कृष्ठ रहेकाे प्रतिकृया दिएका छन् । पछिल्लाे समय अभिनय क्षेत्रमा प्रवेश गरेका राम रानाकाे अभिनयकाे पनि तारिफ गरिएकाे छ ।

बुद्ध लामा र नितु पुनकाे आवाजमा रहेकाे गीतमा शंकर थापा ‘स्माईल’ले सङ्गीत गरेका हुन् । सुष्मा सिग्देलले लेखेकाे यस गीतका लागि आदेश गुर्माछनले संगीत संयाेजन गरेका हुन् ।

गीतकाे भिडियाेमा निर्माता समेत रहेकाे राम राना र मम्ता पुनले अभिनय गरेका छन् । सुनिल बुढाथाेकीकाे निर्देशनमा बिशाल थापाले छायाँकन गरेकाे भिडियाेलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।

भिडियाे यात्री इन्टर्टेन्मेन्टले तयार गरेकाे हाे ।

सम्बन्धित समाचार