कुलुङ जाती, साल्पा पाेखरी र सिलिछाेकाे सम्बन्धबारे बृत्त चित्र सार्वजनिक (भिडियाे सहित)



खाँदबारी । आदिवासी कुलुङ जाती र साल्पा पाेखरी तथा सिलिछाे पिककाे सम्बन्ध बारे एक बृत्त चित्र सार्वजनिक गरिएकाे छ । पछिल्लाे समयमा साल्पा पाेखरी र सिलिछाे (सिलिचाेङ) क्षेत्रमा विभिन्न संरचनाहरु चर्चा चलिरहँदा बृत्तचित्र सार्वजनिक गरिएकाे हाे ।

बृत्त चित्रमा खुवाेलु लाम्छाम्माबाट दुधकाेशी हुँदै र अरुण नदि पछ्याउँदै हालकाे भाेजपुर हुँदै कुलुङ पुर्खाहरु साल्पा पाेखरी क्षेत्र पुगेकाे प्रसङ्गहरुकाे विस्तृत जानकारी समेटिएकाे छ । त्यस क्षेत्रमा कुलुङ पुर्खाहरुले गरेका गतिविधि तथा किम्वदन्तिहरु समेत समेटिएकाे छ । बृत्तचित्र नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघले निर्माण गरेकाे हाे । उक्त भिडियाेलाई महाकुलुङ टेलिभिजन युटुब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

किराँत राई यायाेक्खाकाे अगुवाईमा गरिने भनिएकाे संरचना निर्माण गर्ने क्रममा कुलुङ जातिकाे भाषिक तथा शाब्दिक नामहरुलाई विस्थापित गरि पहुँचकाे भरमा अन्यकाे मात्र राख्न खाेजेकाे भन्दै विराेध हुन थालेकाे छ । त्यस क्षेत्र कुलुङ जातिकाे पुर्खाहरुले आवाद गरेकाे तथा कृयाकलापहरुसँग जाेडिएकाे भएकाेले कुलुङ भाषाबाट राखिएकाे नाम तथा किम्बदन्तिहरु नराखिएमा तथा विस्थापित भएमा परियाेजना सञ्चालन गर्न नदिने समेत कुलुङ जातिका अगुवाहरुले बताउदै आएका छन् ।

पछिल्लाे समय सिलिछाेकाे चुचुराेमा राख्ने भनिएकाे मुर्तिकाे समेत विराेध हुन थालेकाे छ ।

सम्बन्धित समाचार