सातौं पाङ्मा कप पुस ७ देखि ११ सम्म



खाँदबारी । खाँदबारी नगरपालिका-४ पाङ्मामा सातौं पाङ्मा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

लोहोरुङ क्लव पाङ्माको आयोजनामा सातौ पाङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

बुधबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक लोहोरुड क्लबले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो । युवा गतिशिलता, अनुसाशन र स्वास्थ्य र राष्ट्रको सम्मान भन्ने मूल नाराका साथ लोहोरुङ क्लब पाङ्माको आयोजनामा सातौं पाड्मा कप आमन्त्रित फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आगामी ७ देखि ११ पुससम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक ध्यान सिंह राईले बताए । प्रतियोगितामा कोशी प्रदेश प्रहरी, सिक्किम फुटबल क्लब विभिन्न १२ क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक राईले बताए ।

फुटवलका बारेमा क्लबका महासचिव छत्रमणि काफ्लेले जानकारी गराएका थिए । प्रतियोगिताका बिजयीले एकलाख ५१ हजार र उपबिजेताले ८१ हजार नगद पाउने छन् । सेमिफाईनलमा पुग्ने २ टिमले जनहि २५/२५ हजार पाउने छन् ।

सम्बन्धित समाचार