चिचिलाका प्रमुख प्रशासकीय अधिकृत सन्ताेष राई लगायत सम्मानित



खाँदबारी । चिचिला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सन्ताेष राई आफू अध्ययनरत विद्यालय जालपा माध्यमिक विद्यालय दिदिङमा सम्मानित हुनुभएकाे छ । उहाँलाई आफू अध्ययन गरेकाे विद्यालय जालपा मावि र साेहि विद्यालयमा अध्ययन गरेकाहरूकाे संस्था पूर्व विद्यार्थी मञ्चले सम्मान गरेकाे हाे ।

चिचिला गाउँपालिका ३ स्थीत जालपा माविकाे ४७ औं बार्षिक उत्सव कार्यक्रममा सम्मान गरिएकाे हाे । पाैष १६ बाट सुरू भएकाे कार्यक्रमकाे बुधबार आयाेजित समापन समाराेहमा सम्मान गरिएकाे हाे ।

यस विद्यालयबाट एसएलसी दिई हाल नेपाल सरकारकाे शाखा अधिकृत भई आफ्नै गृह पालिका चिचिलामा सेवा गर्न आउनुभएपछि विद्यालय र मञ्चले सम्मान गरेकाे हाे । राई पुर्व विद्यार्थी मञ्चका सचिव समेत हुनुहुन्छ ।

उहाँसैगै पुर्व विद्यार्थी मञ्चका अध्यक्ष नवराज राईलाई पनि विद्यालयले सम्मान गरेकाे छ । जालमा माविकाे शैक्षिक उन्नयनमा याेगदान गरेकाे भन्दै मञ्चकाे तर्फबाट अध्यक्ष राईलाई सम्मान गरेकाे हाे । मञ्चले विद्यालयमा १ लाख ५० हजार रूपैयाँकाे छात्रबृत्ति अक्ष्यकाेषकाे स्थापना गरेकाे छ भने विद्यालयलाई साउण्ड सिस्टम समेत उपलब्ध गराएकाे छ । त्यस्तै यस बर्ष विद्यार्थिहरूलाई कापी र कलम समेत उपलब्ध गराएका छ ।

कार्यक्रमकाे अवसरमा विद्यालयलाई सहयाेग गर्ने विभिन्न दाताहरूलाई समेत सम्मान गरिएकाे थियाे ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष लगनबहादुर राईकाे अध्यक्षता तथा चिचिला गाउँपालिका अध्यक्ष पासाङ् नुर्वु शेर्पाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकला राई, शिक्षा अधिकृत बासु काेईराला, वडाका जनप्रतिनिधिहरू, पुर्व विद्यार्थी मञ्चका पदाधिकारीहरू र अविभावकहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

सम्बन्धित समाचार