सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको छैटाैँ अधिबेशन सम्पन्न, अध्यक्षमा पासाङ शेर्पा चयन



खाँदबारी । दक्षिण काेरियामा रहेका संखुवासभालीहरुकाे संस्था सङ्खुवासभा दक्षिण कोरियाको छैटाैँ अधिबेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट अध्यक्ष पदमा पासाङ शेर्पा निर्बिरोध चयन हुनुभएकाे छ ।

समितिकाे बरिष्ठ उपाध्यक्षमा युविन श्रेष्ठ र तिर्थ कुलुङ चयन भएका छन् । उपाध्यक्षहरुमा पासाङ शेर्पा र दिनेश बुढाथाेकी चयन भएका छन् । त्यस्तै, काेषाध्यक्षमा जम्लिङ भाेटे, सहकाेषाध्यक्षमा पिम्बा नुर्वू भाेटे चयन भएका छन् । समितिकाे सचिवमा सुरज कार्की र सहसचिवमा गाेविन्द अधिकारी चयन भएका छन् । समितिकाे सदस्यहरुमा सरिता देवान, ल्हमु शेर्पा, विकाश गुरुङ र तेन्जि शेर्पा चयन भएका छन् ।

सन २०१२ मा स्थापना भएकाे यस संस्थाले जिल्लामा भएकाे विभिन्न विपदकाे समयमा ठुलाे सहयाेग गर्दै आएकाे छ । बाढिपहिराे, आगलागी, स्वास्थ्य उपचार लगायतकाे समस्याहरुमा सहयाेग गर्दै आएकाे छ । यस संस्था मार्फत दक्षिण काेरियामा कार्यरत सङ्खुवासभाली तथा अन्य नेपालीहरुले सहयाेग गर्दै आएकाे पुर्व अध्यक्ष रेखबहादुर गुरुङले जानकारी दिनुभयाे ।

यस संस्थाले जिल्लावासी विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गर्दै आएकाे छ । छात्रबृत्ति अक्ष्यकाेष स्थापना गरि विद्यार्थीहरुलाई छात्रबृत्ति दिँदै आएकाे पुर्व अध्यक्ष गुरुङले जानकारी दिनुभयाे । यस अघि १० लाख रुपैयाँकाे काेष रहेकाेमाा यस बर्ष २० लाख रुपैयाँ थपेर जम्मा ३० लाख रुपैयाँकाे काेष निर्माण गरिएकाे गुरुङले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार