जिल्ला अस्पतालमा १० बर्षमुनिका बालबालिकाको निशुल्क उपचार



जिल्ला अस्पताल संखुवासभाले मंगलबारबाट १० बर्ष मुनिका बालबालिकाको निशुल्क स्वास्थ्य उपचार सुरु गरेको छ ।

कोशी प्रदेश सरकारले केही दिन अघि १० बर्षमुनिका बालबालिकाको निशुल्क स्वास्थ्य उपचार गर्ने निर्णय गरे संगै संखुवासभामा सुरु भएको हो । जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रनाम जयरुका अनुसार यो सेवा लिन कोशी प्रदेशमा स्थायी बसोबास गरेको प्रमाण, विरामी बच्चाका बाबु र आमाको नागरिकताको फोटोकपी र बच्चाको उमेर खुल्ने कागजात अनिवार्य ल्याउनु पर्छ ।

अस्पतालमा भोजपुर र संखुवासभाका मासिक ६ सय बढी बालबालिका स्वास्थ्य उपचार लिन आउने गरेका छन् । जिल्ला अस्पताल संखुवासभा ५० बेड क्षमताको अस्पताल हो । जिल्ला समन्वय प्रमुख सुमन शाक्यले उद्घाटन गरेर सेवा सुरु गरेको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार