होम स्टे ब्यवस्थीत गर्न ब्यावस्थापन तालिम



तालिमको प्रमाणपत्र हस्तान्तरण गरिदै ।

सङ्खुवासभा बैशाख २८ गते । जिल्लाको खाँदबारी नगारपालिका ४ सेकाहामा सञ्चालनमा ल्याईएको सेकाहा सामुदायिक होम स्टेमा आउने पर्यटकहरुलाई ब्यवस्थीत सेवा दिनको लागि स्थानीयलाई ब्यावस्थापन तालिम दिईएको छ । बैशाख २२ गतेदेखि सुरु गरिएको होम स्टे ब्यावस्थापन तालिम हिजो सम्पन्न भएको छ ।

पर्यटन बोर्ड अन्तर्गत तारा गाउ विकास समितिको तर्फबाट मदन गोपाल बानियाँले स्थानीय २४ जनालाई ब्यावस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षक बानिँयाले पाहुनाको स्वागत, होम् स्टेको ब्यावस्थापनदेखि खानाको परिकार तयार गर्ने सम्मको विषयमा प्रशिक्षण गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे सहितको कार्यालय प्रमुखहरुको उपस्थीतीमा सम्पन्न भएको समापन कार्यक्रममा बोल्नुहुँदै प्रशिक्षार्थी माया गुरुङले तालिम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।

खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको होमस्टे ब्यावस्थापन तालिमबाट सिकेका कुराहरुलाई ब्यावहारमा उतार्न खाँदबारी नगरपालिकाका कार्यकारी प्रमुख सुवास श्रेष्ठले अनुरोध गर्नुभयो । संखुवासभामा पर्यटनको प्रचुर सम्भावना भएपनि पर्यटन ब्यावसाय ब्यवस्थीत गर्न नसकिएकोले सेकाहा क्षेत्रमा सञ्चालनमा ल्याईएको होमस्टेले पर्यटक तान्नसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताउनुभयो ।

सेकाहा, पांमा र भोटेबासमा पनि होम स्टे संचालनको लागि प्रकृया अघि बढाईसकिएको र एक आपसमा मिलेर सञ्चालन गर्ने उद्देश्यका साथ त्यस क्षेत्रका युवाहरुलाई पनि प्रशिक्षार्थीको रुपमा सहभागी गराईएको आयोजक सेकाहा सामुदायिक होम स्टेका अध्यक्ष गणेश गुरुङले बताउनुभयो । भावी दिनमा होम स्टे पर्यटकहरुको गन्तब्य बनाउने समेत अध्यक्ष गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार