गजल संग्रह ‘आँसुको भेल’ बजारमा



संखुवासभा, जेठ १६ गते । गजलकार रश्वीन चाम्लिंङ्गद्धारा लिखित गजल संग्रह आँसुको भेलको विमोचन गरिएको छ । खाँदबारीमा एक कार्यक्रम आयोजना गरि संग्रहको विमोचन गरिएको हो ।

साहित्यकार मानदेव प्यासीको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका साहित्यकार ताराबहादुर बुढाथोकी लगायतले एकै साथ संग्रहलाई विमोचन गरेका थिए । स्थानीय संचारकर्मी र साहित्यकारहरुको उपस्थीति रहेको उक्त बिमोचन कार्यक्रममा साहित्यकारहरुले गजल संग्रह आँसुको भेल माथी चर्चा परिचर्चा गरेका थिए । कार्यक्रममा आधादर्जन बढि सर्जक तथा साहित्यिकारहरुले पनि आफ्ना रचना प्रस्तुति राखेका थिए ।

पुस्तक बिमोजन कार्यक्रमको अवसर पारेर मकालु मिडया ग्रुपले स्थानीय माट्स नेपालमा आश्रय लिईरहेका साहारा विहिन बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत उपलब्ध गराएको थियो ।

सम्बन्धित समाचार