प्रदेश स्तरिय महिला कबड्डी प्रतियोगिता संखुवासभामा सुरु




खाँदबारी । प्रदेश नम्बर १ स्तरिय अन्तर जिल्ला महिला कबड्डी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रम विच बुधबार खाँदबारीको टुँडी खेलमा उद्घाटन गरिएको छ ।

प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिता जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै उहाले यो प्रतियोगिताले खेल क्षेत्रमा खेलाडीलाई धेरै प्रोत्साहन मिल्ने बताउनु भयो । प्रदेश १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाले प्रतियोगिता आयोजना गरेको हो ।

सम्बन्धित समाचार