प्रदेश स्तरिय महिला कबड्डीको फाईनलामा झापा र मोरङ




खाँदबारी । संखुवासभामा जारी प्रदेश स्तरिय अन्तर जिल्ला महिला कबड्डी प्रतियोगितामा झापा र मोरङ फाईनलमा पुगेका छन् । आज भएको सेमी फाईनल खेलमा विपक्षी जिल्लालाई पराजीत गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।

आज भएको खेलमा झापाले संखुवासभालाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने मोरङले उदयपुरलाई हराउदै मोरङ फाईनलमा प्रवेश गरेको हो । आजै भएको क्वाटर फाईनल खेलमा झापाले ताप्लेजुङलाई हराएर सेमी फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै पाँचथर र संखुवासभा विच भएको क्वाटर फाईनल खेलमा संखुवासभा विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको थियो । क्वाटर फाईनलकै चरणमा उदयपुर र सुनसरी विचको खेलमा उदयपुरले सुनसरीलाई पराजित गरेर सेमि फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै, ईलाम र मोरङ विचको खेलमा मोरङ विजयी बन्दै सेमि फाईनलमा प्रवेश गरेको थियो ।

फाईनल खेल भोली विहान ८ बजेवाट सुरु हुने संयोजक ईश्वर घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश एकका १३ जिल्लाको सहभागिता रहेको थियो । प्रदेश एक का जिल्लाहरु मध्ये खोटाङ अनुपस्थिती रहेको थियो । प्रतियोगिताका विजेताले नगद एक लाख रुपैयाँ सहित टफी, मेडल र प्रमाण पत्र पाउनेछन् । उपविजेताले नगद ५० हजार सहित टफी, मेडल र प्रमाण पत्र पाउनेछन् ।

हज्जारौ दर्शकहरुको उपस्थितीमा जारी प्रतियोगिताको अवलोकन गर्न प्रदेश १ का सांसद एवं सामाजिक विकास समितिका सभापति सरिता खड्काको पनि उस्थिती रहेको थियो । उहाँले सहभागी खेलाडीहरुलाई हौसला समेत प्रदान गर्नुभएको थियो ।

हालै जिल्लामा कपर्दी रेफ्रीको तालिम सञ्चालन गरिए पस्चात खेल सञ्चालन गर्न सहजता मिलेको घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार