उदयपुरमा संघ र प्रदेशको एक अर्ब रुपैयाँ बजेट फ्रिज



उदयपुर । उदयपुर उदयपुरमा गत आर्थिक वर्ष ०७५/०७६ मा प्रदेश १ र संघीय सरकारको झन्डै एक अर्व बजेट फ्रिज भएको छ। संघीय सरकारका ठुला विकास निर्माणका आयोजनाको रकमसँगै अनुदानबाट स्थानीय तहमा आएको बजेट र प्रदेश सरकारमार्फत उदयपुर भित्रिएको बजेट खर्च हुन नसकेर फ्रिज भएको हो। फ्रिज भएको बजेटमा चालु र पुँगीगत शिरीषको दुवै बजेट समावेश भएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) उदयपुरका अनुसार प्रदेश र संघीय सरकारमार्फत चालु र पुँजीगत शीर्षकमा जिल्लामा आएको एक अर्व ३५ करोड ८५ लाख ९९ हजार ७१ रुपैयाँ नेपाल सरकारको खातामा फिर्ता भएको हो।  ‘निर्माणाधीन मदन भण्डारी लोकमार्गको ८० करोड एक महिना अघि नै फिर्ता भएको थियो,’ कोलेनिका उदयपुरमा प्रमुख हिरा न्यौपानेले भने, ‘त्यो आर्थिक वर्ष सकिनुभन्दा अघि नै फिर्ता भएकाले अहिले जोडिएको छ।

त्यो नजोडी हेर्दा उदयपुरमा दुवै सरकारको ५५ करोड ८५ लाख ९९ हजार ५७१ रुपैयाँ फ्रिज भएको छ।’ संघीय सरकारका ठुला विकास निर्माणका आयोजना र स्थानीय तहमा अनुदानमार्फत चालु र पुँजीगत शीर्षकमा जम्मा ९ अर्ब ३७ करोड ६६ लाख २७ हजार ९४२ रुपैयाँमा ८ अर्ब ३६ करोड ८४ लाख ४२ हजार ६४६ रुयाँयमा मात्र खर्च भएको कोलेनिका उदयपुरका प्रमुख न्यौपानेले जानकारी दिए।  ‘एक अर्ब ८१ लाख ८५ हजार २७९ रुपैयाँ नेपाल सरकारको खातामा फिर्ता भएको छ,’ उनले भने, ‘पुँजी र चालुलाई प्रतिशतमा हेर्दा संघीय सरकारको कुल बजेटमा ८९. प्रतिशत मात्र खर्च भएको छ।

यसै गरी प्रदेश सरकारको एक अर्व ११ करोड ८२ लाख ७६ हजार २३० रुपैयाँ पुँजीगत र चालु गरी कुल बजेट थियो। जसमा ७६ करोड ७६ लाख ६१ हजार ९५५ रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारको मात्र ३५ करोड ६ लाख १४ हजार २७४ रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारले कुल बजेटको ६८.६५ प्रशोधित खर्च गरेको छ। गत आर्थिक वर्षमा उदयपुरका कुल ५७ करोड ७८ लाख ६ हजार २११ रुपैयाँ राजश्व सङ्कलन भएको छ।

कोलेनिका उदयपुरका अनुसार प्रदेश १ सरकारको ८ करोड १५ लाख ९२ हजार ३७६ रुपैयाँ सङ्कलन भएको छ। यसै गरी संघीय सरकारको लागि ४९ करोड ६२ लाख १३ हजार ८३४ रुपैयाँ सङ्कलन भएको छ।

सम्बन्धित समाचार