रवि र शालिकरामलाई न्याय माग्न तयारी नहुँदै गिरफ्तार



श्रावण महिनाबाटै लगातार न्यायीक हिरासतमा राखेको भनिएका रवि लामिछाने र चितवनको कङ्गारू होटलमा हत्या भएका शालिकराम पुडासैनी दुवैतर्फ न्याय प्राप्त हुन नसकेको भन्दै शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेका मानवअधिकारकर्मीहरूलाई आइतवार प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले सेवक बजगाई, दिपेन्द्र कार्की लगायत ३ जनालाई नियन्त्रणमा लियो, कार्यक्रममा सहभागी हुन नपाउँदै अन्य मानवअधिकारकर्मीहरू तितरबितर भएका छन् । ‘

तपाईहरू आन्दोलन गर्नुहुन्छभने चितवन र माइतीघरमा गएर गर्नुहोस् तर यहाँ हैन,’ यस्तो बचन बोलेका प्रहरीहरूले शरीर चेकजाँच भन्दै सेवक बजगाईंको जनाईं र रक्षाबन्धन डोरीसमेत चुडाउँन लगाएको उनले बताए । दिनभर नियन्त्रण लिएर रवि र लामिछानेसम्वन्धि अन्य कुनै किसिमको कार्यक्रममा सहभागी नहुने सर्त कागज गराएर छाडिएको छ ।

रवि लामिछाने घटनाको ध्यानाकर्षण
राष्ट्रिय न्याय र सुशासनका पक्षमा अहोरात्र लागि पर्ने एकाद मिडियाकर्मीहरू मध्ये रवि लामिछाने पर्दछन् भन्ने हामी सबै नेपालीले अनुभूत गरिरहेका हौं । हिजो जनयुद्धताका आन्दोलन सफल बनाउँन बिश्वमै नमुना भूमिका खेलेका लामिछाने आज सुशासनका पक्षमा उसरी नै लडाईं गरिरहेको बेला उनलाई व्यर्थका लान्छना लगाएर फसाउँने खेल भईरहेको हुँदा यसप्रति हामी मिडियाप्रेमीहरूले सक्दो छिटो न्यायको अनुभूत हुने बाटो खोजी गर्न एकजुट हुनुपर्ने समय आएको छ ।

एकजना कुसल मिडियाकर्मीलाई असफल सावित गर्नका लागि केही व्यक्तिहरूसमेत पीछा लागेको खबरहरू एकपछि अर्को आइरहेको हुँदा पत्रकार स्व. शालिकराम पुडाशैनीको घटनामा रविको संलग्नता कसरी भयो ? त्यो बिषयलाई टुङ्गोमा पु¥याउँने नाममा अनेक वाहाना रचेर रविलाई किन फसाउँने खेल भईरहेको हो ? यसमा अन्य अनुशन्धानहरू किन फितलो पारेर रवी फसाउँन लागिपर्नेहरू बढी सलबलाएका हुन् । निष्पक्ष पत्रकारिताका ढुक्क भएर लाग्ने वातावरण सिर्जना गरियोस्, नत्र हामी हाम्रो कलम सरकारलाई जिम्मा लगाएर हातमा कालो पट्टी बाँधी थप आन्दोलनका कार्यक्रम तयार गर्न वाध्य हुने व्यहोरा अनुरोध गर्दछौं ।

पुर्बेली हेडलाईन्स बाट

सम्बन्धित समाचार