ट्याक्टर दुर्घटनामा २६ वर्षीय चालक राकेश चौधरीको मृत्यु



धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ थाम्चुवा स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शनिबार साँझ ६ बजेको समयमा साँगुरीगढी गाउँपालिका ८ खुडी स्थितमा निर्माण भई रहेको तमोर करिडोर सडक खण्डको लागि चाहिने आवश्यक सिमेन्ट लिएर इटहरीबाट धनकुटातर्फ जादै गरेको कालिका कन्सट्रक्सनको लु. ४ त. २६९९ नम्बरको ट्याक्टर बाटोबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा चालक सुनसरीको बराहाक्षेत्र नगरपालिका ८ मैनाबारी बस्ने २६ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

निर्माण स्थलमा अबेरसम्म पनी राकेश नपुगेपछी ठेकेदार पक्षका मानिसहरूले खोजतलाश गर्ने क्रममा आइतबार बिहान राती ३ बजेको समयमा उक्त स्थानमा मृत्त अवस्थामा फेला परेका थिए । घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार