लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते



तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-२ शेर्मा स्थित मधय पहाडी राजमार्गमा लेन्डरोभर गाडी दुर्घटना हुदा ११ जना घाईते भएका छन् । साेमबार बिहान १० बजेको समयमा सम्दु बाट म्याङलुङ तर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर गाडी आफै अनियन्त्रीत भई सडक बाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा चालक सहित ११ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका-४ बस्ने बर्ष ४० को योगेन्द्र लिम्बु, सोही गाउँपालिका-५ बस्ने बर्ष ३३ को महेन्द्र कुमार थापा, बर्ष ४२ को खड्क बहादुर लिम्बु, बर्ष ४४ की गंगा लिम्बु, म्याङलुङ नगरपालिका-९ बस्ने बर्ष ३५ की शान्तिला लिम्बु, बर्ष ४२ को बिर बहादुर लिम्बु र उनकै छोरा बर्ष ११ का बिज्ञान लिम्बु, मोरङको सुन्दर हरैचा नगरपालिका-७ बस्ने बर्ष ३५ को कमल कोईराला, उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष २१ को संन्जय थापा, झापाको दमक नगरपालिका-१ बस्ने बर्ष ४० को दिल बहादुर कार्की र मोरङको मधूमल्ला गाउँपालिका-३ बस्ने बर्ष ३२ को संन्तोष कार्की रहेका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल म्याङलुङ तेह्रथुममा उपचार भईरहेको छ । दुर्घटना पश्चात चालक फरार रहेका छन भने सह-चालकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार