भोजपुरका दुई सहित चार नेता नेकपाको केन्द्रीय समितिमा थपिए



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।पराजुली र धमला डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी समाजवादीमा एकीकरण गरेपछि नेकपामा आएका थिए ।राईद्धय भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार