सिधुवा वजारलाई स्वच्छ, सुन्दर र हरियाली वनाउने लक्षका साथ वृक्षरोपण



धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवा वजारलाई स्वच्छ, सुन्दर र हरियाली वनाउने लक्षका साथ आज वृक्ष रोपण गरिएको छ ।

गाउँपालिकाको ७ लाख ५० हजार र निगाले सिमेन्ट उद्योगको ५० हजार वरावरको सहयोग गरी ८ लाखको लागतमा वजार क्षेत्रमा १ सय ५० वोट धुपी को विरुवा रोपीएको गाउँपालिकाले जनाएको छ ।

गर्नुभएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले वताउनुभयो ।

सिधुवा वजार व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार श्रेष्ठको अध्यक्षतमा सञ्चालित कार्यक्रममा गाउँपालिका उप-प्रमुख भीम कला श्रेष्ठ, ६ नं वडाध्यक्ष दिल वहादुर थापा लगायतको उपस्थिती थियो ।

कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष विष्णु कुमारी विकले राख्नुभएको थियो भने सञ्चालन समितिका महासचिव ज्ञानेन्द्र वहादुर कार्कीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार