श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जना पुर्पक्षका लागि कारागार चलान



भोजपुर । श्रीमानलाई विष खुवाई हत्या गरेको अभियोगमा श्रीमती सहित तीन जनालाई जिल्ला अदालत भोजपुरले पूपक्र्षका लागि कारागार चलान गरेको छ ।

अदालतले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ९ किमालुङ भैसे बस्ने मानबहादुर तामाङलाई विष खुवाई हत्या गरेको अभियोगमा मानबहादुरकी २३ वर्षीय श्रीमती कविता तामाङ, तामाङकै सासु षडाननन्द नगरपालिका वडा नम्बर ३ खार्ताम्छाकी ४५ वर्षीय पम्फा तामाङ र सुनसरीको धरान उपमाहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षीय पूर्ण बहादुर राईलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत भोजपुरका निमित्त श्रेष्तेदार नविन कोइरालाले जानकारी दिए ।

उनीहरुले मानबहादुकोे गत जेठ २ गते ससुराली घरमा गएको वेला झुक्याएर विष सेवन गर्न लगाई हत्या गरेको भनि मानबहादुरका आफन्तले दिइएको उजुरीका आधारमा पक्राउ गरिएको हो । प्रहरीले कविता र पम्फालाई असार २० गते घरबाट र पुर्ण बहादुरलाई साउन १२ गते पक्राउ गरेको हो

सम्बन्धित समाचार