रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्ने प्रक्राउ



धरान । रोजगारी दिने भन्दै ठगी गर्ने र चोरी गर्नेलाई धरान प्रहरीेले प्रक्राउ गरेका छ । पूर्वका विभिन्न सहरमा विभिन्न काम लगाइदिन्छु भन्दै रकम असुल गर्ने सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशाहाका २९ बर्षीय महम्मद सरिफ मियालाई प्रक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

मियाले काममा लगाई दिन्छु भनी रकम ठगी गर्ने गरेको पीडित तीन जनाले प्रहरीमा उजुरी दिएपछि मियालाई प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो ।

यस्तै धरानका विभिन्न स्थानमा चोरीका उजुरी बढ्न थालेपछि प्रहरीले सक्रियता दखाएसंंग प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । चोरीमा संलग्न रहेको भन्दै धरान १५ का उमेश मगर र विजय विकलाई प्रहरील नियन्त्रणमा लिएको छ ।

प्रक्राउ परेकाहरुबाट चोरी गरेका सामाग्री मोवाइल, पावरबैंक, सुनका गरगहना र खुकुरी र चक्कुजस्ता घरेलु हतियार समेत बराम गरेको डिएसपी न्यौपानेले बताउनुभयो ।

सम्बन्धित समाचार