बालिका बलात्कार गर्ने एक बालकलाई ६ वर्ष कैद १० हजार क्षतिपुर्ति



उदयपुर । बालिकालाई बलात्कार गर्ने एक बालकलाई उदयपुर जिल्ला अदालतले ६ वर्ष ८ महिना कैद सजाय सुनाएको छ। पुर्पक्षका लागि बालसुधार गृह विराटगनरमा ती बालकलाई बिहीबार सजाय सुनाइएको हो।

जिल्ला न्यायाधीश दिपक खनालको इजलासले १७ वर्षे बालिकलाई बलात्कार गरेको कसुर ठहर गर्दै १७ वर्षे बालकलाई कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ।

फैसलासँगै कसुरदार बालक रहुन्जेल बालसुधारगृहमा नै बस्नेछन् र सावालक ठहरिएपछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए। १० वर्ष कैद फैसला सुनाइएका कसुरदार बालक ठहरिएकाले सावालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नु पर्ने कानुनी व्यवस्थाअनुसार ६ वर्ष ८ महिना सजाय निर्धारण गरिएको उनको भनाई छ।

०७५ कात्तिक २२ गते पीडितलाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। जाहेरीलगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले ०७५ मंसिर २० गते पुर्पक्षकालागि बालसुधारगृहमा राख्ने आदेश दिएको थियो।

सम्बन्धित समाचार