५० बर्षीया बाटुली मायाको लडेर मृत्यु



खोटाङ  ।  खोटाङको बराहपोखरी गाउँपालिका-५ सोह्रखानीकी ५० बर्षीया बाटुली माया सार्कीको लडेर मृत्यु भएको छ ।

आज दिउँसो साँढे १२ बजेको समयमा सार्की घर नजिकै बारीमा लडेर मृत अबस्थामा रहेको भन्ने जानकारी पाए पश्चात घटनास्थल तर्फ खटिएको प्रहरी चौकी हुक्नाजोरको टोलीले निजलाई मृत अवस्थामा फेला पारेको थियो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चिसापानी तथा खोटाङ बजारबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित समाचार