सुनसरीको दुहवीमा शिव मन्दिरका पुजारी मृत अबस्थामा फेला



सुनसरी । सुनसरीको दुहवी नगरपालिका-१ साहु टोलमा रहेको शिव मन्दिरका पुजारी दुहवी- ५ का ६० बर्षीय तुलाकृष्ण चौधरी मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान पौने ८ बजेको समयमा उक्त मन्दिरका पुजारी मन्दिर परिसरमा नै मृत अवस्थामा रहेको भन्ने स्थानियवासीहरुले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ

सम्बन्धित समाचार