मकवानपुरमा अवैध गाँजासहित दुईजना समातिए



हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ बस्ने २० वर्षीय भीमसेन मोक्तान र सोही स्थानका २६ वर्षीय रोशन लामा छन् ।

उनीहरुको साथबाट ५९ किलो ५८० ग्राम गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई बिहीबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।

मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट वीरगन्जतर्फ जान लागेको बा५ख १८२५ नम्बरको मिनिट्रकमा उनीहरुले लुकाएर गाँजा लैजाँदै गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा गाँजा फेलापरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार