संखुुवासभामा हिलेजात्रा पर्व मनाईयो



संखुुवासभामा पनि हिलेजात्रा व्यंगात्मक रुपमा गोरु निकालेर पर्यटक भित्र्याउने उद्देश्यका साथ खाँदबारी, चैनपुर, पाचखपन लगायका स्थानमा मनाइएको छ ।
कृष्णजन्माष्टमी सम्म मनाइने जात्रा पर्वको दोस्रो दिन शनिबार स्थानीय वासीहरुले रोपार नाच, जातजातिहरुको साँस्कृतिक झाँकी, सहित लोक साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनाएका छन् । चैनपुर बजार क्षेत्रमा रहेको सरस्वति मावि चैनपुरले रोेपाई नाँचको आयोजना गरी दर्शकहरुको मन नै लोभ्याएको थियो । यसरी नै हिलेजात्रा पर्वको अवसरमा समसामयीक गतिविधिलाई समेटेर व्यंज्ञात्मक शैलीमा चैनपुरका यूवा कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए ।

यसरी नै हिलेजात्रा पर्वको अवसरमा चैनपुर नगर क्षेत्रका मगर जाति, किराँत याक्थुम चुम्लुङ्ग नेवार समुदायको झाँकी सहित आधा दर्जन विभिन्न जातजातिहरुका झाँकीसमेत प्रस्तुत गरेर दर्शकहरुलाई विहान सवेरैदेखि अवेरसम्म मनोरञ्जन दिएको थियो । जिल्लाको खाँदबारी, वाना, खराङ्ग लगायत जिल्लाको शहरी क्षेत्रमा नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् । यस पर्वमा जिल्लाका विभिन्न भाग एवं जिल्ला बाहिरबाट समेत हजारौको संख्यामा दर्शकहरुको घुइँचो लागेको थियो ।

हिले जात्रा पर्वको अवसर पारेर चैनपुरमा राष्ट्रिय स्तरका कलाकारहरु इन्दिरा जोशी, अर्जुन चैनपुरे सहित आधा दर्जन कलाकारहरुको प्रस्तुति सहित सांगीतिक कार्यक्रमको आयोजना गरिएको चैनपुर समाज सेवा युवा क्लवका सचिव रमेश कर्मचार्यले जानकारी दिनुभयो । लोप हुन लागेको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यबाट विभिन्न झाँकीहरु सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकोसमेत क्लवले जनाएको छ ।

सम्बन्धित समाचार