काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै



काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढ्दै गएको हो।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

आर्थिक वर्ष ०७४/ ०७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ थियो।

गत वर्ष यो संख्या बढेर दुई हजार हाराहारी पुगेको छ।

सम्बन्धित समाचार