खोलामा डुबेर मृत्यु दुइ जनाकाे मृत्यु



सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका ६ बस्ने बर्ष ४० को मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्वात डुबीरहेको अवस्थामा स्थानियले भेटेका थिए । घटनाबारे प्रहरीलाई खबर गराउनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान एवं कानुनि प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

त्यसै गरी सुनसरीकै रामधुनी नगरपालिका ६ ईचोल बस्ने बर्ष अन्दाजी ४५।५० को सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको उक्त कार्यालयले जनाएको छ । यसैबिच सुनसरीको कोशी कटानमा रामधुनी ५ भुमरी चोक बस्ने बर्ष १८ को आयुष बस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए ।

उनलाई साथिहरुले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार