पानीमा डुबेर ४ जनाको मृत्यु १ घाईते



मोरङ । प्रदेश नम्बर १ का बिभिन्न जिल्लाहरुमा पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । मोरङको रतुवामाई नगरपालिका ७ सिजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । घरबाट शनिबार बिहान हिडेका आकाश साँझ सम्म पनी घरमा फर्कीएर नआए पश्चात आकाशका परीवारले ईलाका प्रहरी कार्यालय सिजुवामा खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा रातको ९ बजे रतुवा खोलाको किनारमा आकाशको कपडा देखे पश्चात प्रहरीले खोलामा खोजि गर्दा उनलाई डुबेर मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका ३ बिराट पोखर बस्ने रोशन बेसराको २ बर्षिय छोरा अजित बेसरा शनिबार अपरान्ह पौने ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको अदुवा खोलामा डुबेर मृत्यु अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

यस्तै सुनसरीको ईटहरी उप महानगरपालिका ६ बस्ने बर्ष ४० को मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्वात डुबीरहेको अवस्थामा स्थानियले भेटेका थिए । घटनाबारे प्रहरीलाई खबर गराउनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान एवं कानुनि प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ । सुनसरीकै रामधुनी नगरपालिका ६ ईचोल बस्ने बर्ष अन्दाजी ४५।५० को सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अबस्थामा फेला परेका छन् । घटनाबारे जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरी बाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान कार्य पुरा गरी शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको उक्त कार्यालयले जनाएको छ । यसैबिच सुनसरीको कोशी कटानमा रामधुनी ५ भुमरी चोक बस्ने बर्ष १८ को आयुष बस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए ।

उनलाई साथिहरुले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेकोमा थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर ल्याईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार