सुन गोहोरोसहित एक पक्राउ



राटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले १२ वटा सुन गोहोरोसहित एक जनालाई पक्राउ गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–८ स्थित डाइनिया–सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडिबाट चेक जाँच गर्ने पक्राउ परेका व्यक्तिसँग १२ वटा सुन गोहोरो फेला परेको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–६ हसन्दहका ५९ वर्षीय जसबहादुर धिमाल रहेका छन् ।

संरक्षित वन्युजन्तुको सूचीमा रहेको सुन गोहोरोलाई साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । उनका अनुसार पक्राउ परेका धिमाल र उनीबाट फेला परेका सुन गोहोरोलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाइएको छ ।

सम्बन्धित समाचार