प्रधानमन्त्री ओली फेरि सिंगापुर जाने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते (बिहीबार) थप उपचारका लागि सिंगापुर जाने भएका छन् ।

करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएका फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन् । बालुवाटार स्रोतका अनुसार यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहबमोजिम ओली सिंगापुर जान लागेका हुन् ।

चिकित्सकले सिफारिस गरेको औषधिको ‘साइड इफेक्ट’ देखिएकाले पनि प्रधानमन्त्री ओली तत्कालै सिंगापुर जानु परेको स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार