घरबाट हराएका बालक पोखरीमा मृत अवस्थामा फेला



झापा । झापाको दमक नगरपालिका-३ बेलडागी २ सेक्टर न.E1, हर्ट न. 2 सिबीर मा बस्ने नर बहादुर मगर को छोरा बर्ष १४ को ओषिष मगर पोखरीमा मृत अवस्थामा फेला परेका छन ।

आईतबार साँझ ५ बजेको समयमा घरबाट हिडेका ओषिष लाई आज बिहाँन साढे ७ बजेको समयमा दमक नगरपालिका-३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले जंगलमा खनेर बनाईएको पोखरीमा ओषिष मगरको शव डुबी रहेको अवस्थामा फेला परेका थिए ।

घटनाबारेमा अस्थायी प्रहरी चौकी बेलडागीमा जानकारी गराउनासाथ प्रहरीको टोली खटिगएको थियो भने आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय बाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार