पत्रकार पुडासैनी झुण्डिएकै कारण मृत्यु भएको खुलासा रविसँग बयान जारी



काठमाडौं । न्युज २४ का पत्रकार शालिकराम पुडासैनीको झु६ण्डिएकै कारण मृ६त्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डो६रीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा चितवनबाट दीपेन्द्र अधिकारीले लेखेका छन्।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आबाज उनकै भएको फरेन्सीक ल्याब परीक्षणबाट पुष्टी भएको छ।

पुडासैनी आत्महत्या  घटनामा आरोपीसँग बयान लिने क्रम जारी छ।

आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ।

तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

कार्की र कँडेलले भने इन्कारी बयान दिएका प्रहरी श्रोतले जनाएको छ।

रविसँगको बयान नसकिएका कारण मंगलबार पुनः अनुसन्धानका लागि अदालतबाट म्याद थपिने सम्भावना छ।

सम्बन्धित समाचार