६ क्युबिक काठ सहित २ जना पक्राउ



पथरी । मोरङको उर्लाबारी प्रहरीले ६ क्युबिक काठ सहित २ जनालाई पक्राउ गरेको छ । आइतबार राती प्रहरीको गस्ति टोलीले सोल्टी खोलाबाट उनिहरुलाई नियन्त्रणमा लिएको उर्लाबारी प्रहरीले जनाएको छ ।

अवैध रुपमा लुकाइछिपाइ ल्याउँदै गरेको सखुवाको चिरान काठ फेण्टा १४ थान काठसहित उर्लाबारी बस्ने तुलसी श्रेष्ठ, र सोही ठाउँका प्रकाश दासलाई नियन्त्रणमा लिई सव डिभिजन कार्यालय मंगलबारेमा बुझाईएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

सम्बन्धित समाचार