छाडा पशु चौपायाका कारण जोखिम बढदै



बेलबारी । मोरङको बेलबारी पुर्ब र झापाको सरुङगा पश्चिम पुर्ब पश्चिम राजमार्गका छाडा पशु चौपायाका कारण जोखिम बढदै गएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गको करिब ४५ किलोमिटर सडकखण्डमा पशु चौपाया बाटो काटने मात्र नभएर दिनभर बाटोमै बस्ने र सुत्ने गरेका छन । सडकमा यात्रा गर्ने यात्रुहरु कतिबेला दुर्घटनामा पर्ने हो भन्ने पत्तै हुँदैन । बिच सडकमा पशु चौपायाहरु बसिरहेका बेला एकैपटक दुबै तिरबाट सवारी आउँदा दुर्घटनाको झन ठुलो जोखिम हुने गरेको छ । राजमार्गका बिचमा परेका खाल्डाखुल्डी र पशुचौपायाका कारण राजमार्ग सबैभन्दा असुरक्षित बन्दै गएको छ ।

राजमार्ग दक्षिण तर्फ बसोबास भएका बासिन्दाले राजमार्ग उत्तरतर्फको जंगलमा पशुचौपाया चरिचरणका लागी पाठाउने गरेका छन । कति पशुधनीले राजमार्ग कटाएर पशुचौपाया छाडा छोडछन भने कतिले राजमार्ग नकटाई छोडने गरेका छन । चरिचरणमा गएका पशुचौपाया समेत राजमार्गमा निस्किएर सडकको बिचमा सुत्ने भएका कारण दुर्घटनाको जोखिम बढेको हो । पशु चौपायाकै कारण पनि धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीका असई लिला श्रेष्ठ बताउँछन । पशुधनीलाई चौपाया नछोडन आग्रह गरिएपनि त्यसलाई बेवास्ता गर्ने गरेको उनी बताउँछन ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा स्थानीय तहले गर्ने कार्य मध्ये छाडा पशु चौपायाको नियन्त्रण तथा व्यवस्थापन गर्ने उल्लेख छ । तर, स्थानीय तहको नेतृत्व लिएका जनप्रतिनिधिहरू पन्छिने बाटो खोजिएरहेका छन । करिब दुई दशकपछि स्थानीय तहको निर्वाचनमा निर्वाचित भई आएका जनप्रतिनिधिको नेतृत्वले छाडा छोडिएका पशु–चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि कुनै कार्यविधि सार्वजनिक गरेको छैन । यसरी पशु चौपाया छाडा छोडिँदा दुर्घटनाको जोखिम दिनप्रतिदिन बढदै गएको छ ।

सम्बन्धित समाचार