संखुवासभामा ईण्डोस्कोपी सेवाबाट लाभान्वीत



शिविरमा विरामीको ईण्डोस्कोपी गरिदै । तस्विरः भविन कार्की

संखुवासभा । जिल्ला अस्पताल खाँदबारी संखुवासभाले स्थानीय बासिन्दाको स्वास्थ्य समस्यालाई मधयनजर गर्दै ईण्डोस्कोपी सेवा सिबिर संचालन गरेको छ ।

बिर अस्पतालका पुर्व निर्देशक डाक्टर भुपेन्द्र बस्नेत नेतृत्वको टोलिले १ र २ गते संचालन गरेको शिवीरमा १ सय २७ जनाको पेट तथा कलेजो रोग सम्वन्धी परिक्षण गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सम्मेलमा डाक्टर भुपेन्द्र बस्नेतले १ सय २७ मध्ये ५० जनाको ईण्डोस्कोपी गरिएको र त्यसमध्ये १ जनामा जटिल समस्या देखिएकाले सुबिधा सम्पन्न हस्पीटलमा उपचार गर्न रिफर गरिएको जानकारी दिनुभयो ।

जिल्लाको सरकारी अस्पतालमा पहिलो पटक ईण्डोस्कोपी सेवा प्रदान गरिएको जानकारी दिँदै कार्यक्रमका सभापति तथा जिल्ला अस्पताल खाँदबारीका बयवस्थापन समिति अधयक्ष सुमन शाकयले जिल्लामा चाँडैनै नियमित रुपले ईण्डोस्कोपी सेवा संचालन गरिने जानकारी दिए ।

ईण्डोस्कोपी सेवाका लागि न्युनतम प्रबिधिको ब्यवस्था भएपनि दक्ष चिकित्सकको अभाव भएकाले जनशतिलाई तालिम दिने काम भैरहेको भन्दै प्रदेश सरकार र स्थानीय सरकारका तर्फबाट समेत सहयोग जुटाउने पहल भैरहेको जानकारी गराए ।

सुबिधा सम्पन्न अस्पतालको सेवा लिन लाखौं खर्च लाग्ने दुर्गम जिल्लामा समेत पेट तथा कलेजो सम्वन्धी सम्पुर्ण रोगको पहिचान र निदानमा सहयोग पुग्ने ईण्डोस्कोपी सेवा संचालनका लागि आफ्ना तर्फबाट सकेको सहयोग गर्ने बिर अस्पतालका पुर्वनिर्देशक, पेट तथा कलोजोरोग बिषेसज्ञ डाकटर भुपेन्द्र बस्नेतले बताए । दुई दिन सम्म संचालन गरिएको शिवीरमा संखुवासभा र भोजपुरका सेवाग्राहीहरु लाभान्वीत भएको जिल्ला अस्पताल खाँदबारीका मेडीकल सुपरिटेण्डेण्ट लक्ष्मण खड्काको भनाई छ ।

सम्बन्धित समाचार