‘पहाड भित्रको पहाडी’को विमोचन



स्मृति ग्रन्थको विमोचन गरिदै । तस्विर सौजन्यः दीपेन्द्र बान्तावा

काठ्माण्डौ । लोकतान्त्रीक आन्दोलनका योद्धा एवं नेपाली कांग्रेसका पर्व केन्द्रीय सदस्य स्वर्गीय गोपालराज पहाडीको छैटौं बार्षिक पुन्य तिथीमा प्रकाशित ‘पहाड भित्रका पहाडी’ स्मृति ग्रन्थ विमोचन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय सभापति शेरबहादुर देउवाले विमोचन गर्नुभएको हो ।

नेपाली कांग्रेस सङ्खुवासभाले प्रकाशन गरेको उक्त स्मृति ग्रन्थ विमोचन कार्यक्रम नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । ग्रन्थको विमोचन गर्नुहुदै पार्टी सभापति देउवाले पहाडी लोकतान्त्रिक आन्दोलन र पञ्चायती ब्यवस्थाको विरुद्धमा प्रजातन्त्र प्राप्तीका लागि लड्ने अथक योद्धा र एक कुसल संगठक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री प्रकाश शरण महत, पार्टीका केन्द्रीय सदस्यहरु राम शरण महत, आनन्द प्रसाद ढुंगाना, भिष्मराज आङ्देम्बे, गुरुराज घिमिरे, रमा पौडेल, सिता गुरुङ लगायतले स्वर्गीय पहाडीको चर्चा गरेका थिए । सङ्खुवासभाका पुर्व सांसद एवं पुर्व राज्यमन्त्रीहरु तारामान गुरुङ, दिपक खड्काले पनि स्वर्गीय पहाडीको योगदानको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार