एसईई पुरक परिक्षाबाट नक्कली परीक्षार्थी पक्राउ



मोरङ । मोरङको रंगेली नगरपालिका ६ स्थित पब्लिक माध्यमिक बिद्यालयमा संचालन भईरहेको एसईई पुरक परिक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सिम्बल नम्बर ०८१३४३६(z) को परीक्षार्थीको ठाउँमा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी मोरङ सुनबर्षी नगरपालिका ८ का २१ बर्षीय मुन्न मण्डल पक्राउ परेका हुन् । उनी कुमोद प्रसाद गनगाईको ठाउँमा परीक्षार्थी भएर अनिबार्य गणित बिषयको परिक्षा दिन पुगेका थिए ।

परीक्षा दिइरहेको अवस्थामा केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा मण्डललाई फेला पारेर निन्त्रणमा लिएको थियो । घटनाबारे तत्काल प्रहरीलाई खबर गरिएको थियो । नक्कली परीक्षार्थी मण्डललाई हाल ईलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार