भोजपुर र मानेभञ्ज्याङ जोड्ने पिखुवा खोलामा मोटरेवल पुल निमार्णको काम सुरु



भोजपुर । भोजपुर नगरपालिका – १२ र रामप्रसादराई गाउँपालिका वडा नम्बर -५ मानेभञ्ज्याङ जोड्ने पिखुवा खोलामा मोटरेवल पुल निमार्णको काम सुरु भएको छ । बुधबार पुल निमार्णका लागि निमार्ण स्थलमा सार्वजनिक सुनवाई गरेसंगै पुल निमार्णको काम अगाडि बढेको हो । भौतीक पूर्वाधार विकास मन्त्रालय १ नम्बर प्रदेश पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत रहेको सो पुल निमार्णको ठेक्का मार्शेली निमार्ण शेवाले ६ करोड १३ लाख ५३ हजार ५३ रुैपैंयामा लिलइएको छ । पुलको निमार्ण आगामी २०७८ साल असार सम्म सक्नुपर्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेडिले जानकारी दिए । पुलको लम्बाई ८६.३ मिटर हुने सार्वजनिक सुनवाई मार्फत जानकारी दिइएको छ ।

सम्बन्धित समाचार