घरायसी विवादका कारण श्रीमती र छोरालाई घरभित्र थुनेर आगो



धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार