ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु



ताप्लेजुङ  । चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताउनुभयो । बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो ।

उहाँको शवको मुचुल्का उठाइसकेको र पोस्टमर्टमका लागि जिल्ला अस्पताल ल्याइएको समेत प्रमुख थापाले बताउनुभयो ।

सम्बन्धित समाचार