आमाले चलाएको रेस्टुरेन्टको छतमा झुन्डिए छोरा



दार्चुला । आमाले चलाएको रेस्टुरेन्टको छतमा मंगलबार झुण्डिएको अवस्थामा फेला परेका मनोज कुँवरको अन्तिम संस्कार गर्न नपाएको गुनासो उनका बुवाले गरेका छन्।  १६ वर्षीय छोरा मनोजको मृत्यु शंकास्पद भन्दै प्रहरीमा छानबिनका लागि निवदेन दिएका दलबहादुर कुवँरले ५ वर्ष पहिले सम्बन्धविच्छेद गरेर गएकी श्रीमती र जेठा छोराले अन्तिम संस्कार गरेकोमा गुनासो गरेका हुन्।

चार वर्ष पहिले सम्बन्धविच्छेद गरेर मंगलसिंह धामीसँग विवाह गरी बसेकी मीना र २३ वर्षीय हरिष कुवँरले शवसमेत नहेरी अन्तिम संस्कार गरेको दलबहादुरले बताएका छन्। २०७१ सालमा सम्बन्धविच्छेद गरेका दलबहादुर र मिनाका दुवै छोराको पालनपोषणको जिम्मेवारी सम्बन्धविच्छेद पछि मिनाले नै गर्दै आएकी थिइन्।

मंगलबार (भदौ ३ गते) मनोज सदरमुकाम खलंगामा आमाले सञ्चालन गर्दै आएको एम स्टार रेस्टुरेन्ट एण्ड वियरवारको छतमा झुण्डिको अवस्थामा फेला परेका थिए। झुण्डिएको अवस्थामा फेला परेका मनोजको शवलाई आमा र खलंगाका जनप्रतिनिधिको रोहवरमा खोलिएको थियो। यसबारेमा बुवा दलबहादुर र घरपरिवारलाई जानकारी नै नदिएको मनोजका काका प्रेमसिह कुँवर बताउँछन्। भतिजो मनोज झुण्डिएको अवस्थामा फेला परेको जानकारी पाएपछि घटनास्थल नपुग्दै प्रहरीले बुवा र घरपरिवारलाई खबरै नगरी खलंगाका जनप्रतिनिधिको रोहवरमा झुण्डिएको शव झारेको उनको भनाइ छ। घटना ढाकाछोप गर्न खोजेको आरोप मनोजको आत्महत्यालाई प्रहरीले ढाकछोप गर्न खोजेको आरोप बुबा पक्षको परिवारले लगाएको छ। ‘

श्रीमतीसँग सम्बन्धविच्छेद भए पनि छोराहरूले दलबहादुरलाई नै बुवा मानेर नागरिकतासमेत लिएका  थिए। झुण्डिएको अवस्थामा फेला परेका मनोजको शवको मुचुल्का बनाउन बुबालाई किन बोलाइएन?’ दुहुँ गाउँपालिका-५ का दलबहादुरका छिमेकी मोहनसिह कुँवर प्रश्न गरे। ‘बुवालाई जानकारी नदिई शव निकालिएको छ, मनोजको शरीरमा घाँटीबाहेक अन्य ठाउँमा पनि निलडाम देखिएका छन्,

आमा छोराबीच झगडा हुने गरेको कुरा सुनेका छौँ। आशंका भएर नै प्रहरीमा छानविनका लागि निवदेन दिएका छौँ’, मनोजका काका प्रेमसिह कुवँर भन्छन्, ‘मनोज झुण्डिएरै मरेका हुन् भने के कारणले आत्महत्या गरेको हो? त्यसको छानबिन हुनु पर्छ र घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ।’ घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै छानबिनका लागि आफू अदालतसमेत पुग्ने दलबहादुर बताउँछन्।

‘प्रहरीले आफ्नो मुचुल्कामा मनोजको शरीरमा अन्य घाउ भएको उल्लेख गरेको छैन। तर, मनोजका हात, खुट्टा, पेट र कानको तलतिर घाउ देखेको छु। मेरै वडाका जनप्रतिनिधिको रोहवरमा शव खोलिएको भए पनि ठीकै हुन्थ्यो, त्यसो पनि गरिएन’ उनले भने। दलबहादरसँग सम्बन्ध छैन : आमा आफूले प्रहरी र जनप्रतिनिधिको रोहवरमा छोराको शव झुण्डिएको अवस्थाबाट निकालेको बताउँदै आमा मिनाले सम्बन्धविच्छेद गरेपछि दलबहादुरसँग कुनै साइनो नभएको बताउँछिन्। ‘

अहिले छोरो खोज्नेहरू पहिले कहाँ गएका थिए?,’ उनले प्रश्न गरिन्। उनी भने जेठो छोरा हरिषले भाइको शव बुझेर सदगत गरेकोमा खुसी छिन्। ‘दलबहादुरसँग कुनै साइनो छैन, मेरो जेठो छोराले भाइको सदगद गर्छ’ उनले भनिन्। प्रहरी भन्छ : आत्महत्या मनोजका बुबा दलबहादुर कुवँर र उनका परिवारले घटनाको छानबिन हुनुपर्ने र यसका लागि आफूहरू अदालतसमेत जान सक्ने बताइरहँदा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले घटना आत्महत्या नै भएको बताएका छन्।

‘शंका गर्ने ठाउँ छैन, शरीरमा सानो घाउहरू भएकाले मुचुल्कामा उल्लेख गरेनौँ’, प्रहरी प्रवक्ता खड्काले भने । प्रहरीले सञ्चार माध्यमलाई समेत गलत सूचना दिएको दलबहादुरको आरोप छ। सम्बन्धविच्छेद गरेको समय, घर ठेगाना र पालनपोषणबारेमा प्रहरीले सञ्चारमाध्यमलाई गलत सूचना दिएको दलबहादुरको भनाइ छ।

‘प्रहरीले सम्बन्धविच्छेद ८/१० वर्ष पहिले भएको भनेको छ। जबकि सम्बन्ध विच्छेद भएको ५ वर्ष मात्रै नभएको छ, छोराहरू सम्बन्धविच्छेदपछि मात्रै मिनासँग बस्न थालेका हुन्’, उनले भने।

सम्बन्धित समाचार