झापाका कृषक सामूहिक खेती तर्फ अग्रसर बन्दै



झापा । पछिल्लो समय सामूहिक खेतीतर्फ झापाका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि झापाका कृषक सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् ।

सरकारले सामूहिक खेती गर्ने कृषकलाई कृषि औजार र मल–बीउ खरीदमा विशेष प्राथमिकता दिँदै आएको छ । समूहमा खेती गर्नेलाई स्थानीय, प्रदेश र संघीय सरकारले बजेटमै विशेष अनुदानका कार्यक्रम ल्याएका छन् । झापाको कनकाई र झापा गाउँपालिकाका कृषक सामूहिक खेतीमा जुटेका छन् । दुई स्थानीय तहको सिमाना पर्ने कनकाई–५ र झापा–६ का ४० भन्दा बढी कृषक सामूहिक खेतीमा जुटेका हुन् । यी दुई स्थानीय तहका कृषकले एकलभन्दा पनि सामूहिक खेती गर्दा सहजतासँगै फाइदा हुने निष्कर्ष निकालेर त्यसतर्फ अग्रसर भएका हुन् । प्रगति पथ कृषि सहकारी संस्थामार्फत त्यहाँका कृषकले हाल ६५ बिघामा धानखेती लगाइरहेको संस्थाका अध्यक्ष नेत्रप्रसाद चिमरियाले बताए ।

६२ बिघामा रोपाइँ गरिसकेका छौँ, उनले भने, अब एकरदुई दिनभित्रमा रोपाइँ सकिन्छ । दैनिक ३८÷४० जना रोपार लगाएर धान रोपाइँ भइरहेको जानकारी दिएका छन् । संस्थामा खनजोतका लागि दुई ट्र्याक्टर भए पनि अन्य कृषि औजार नभएकाले केही समस्या भएको उनको भनाइ थियो । बीउ काढेको प्रतिमुठ्ठा पाँच र रोपारलाई दैनिक ५०० रुपैयाँ ज्याला दिने गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार