धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित



धनकुटा । स्थानीय तह गठन भएको तीन वर्ष बित्न लाग्दा पनि धनकुटाका अधिकांश वडा कार्यालय अर्काकै भवनमा सन्चालित छन् ।

धनकुटाका सात स्थानीय तहमध्ये सुगम र सुविधासम्पन्न नगरपालिकाकोरुपमा चिनिने धनकुटा नगरपालिकाका दुई वडाबाहेक सबै वडा अन्य कार्यालय र व्यक्तिका घरमा रहेका छन् । स्थानीय तह गठन भएको लामो समय बित्दा पनि भवन निर्माणका लागि बजेट विनियोजन नहुँदा व्यक्तिगत प्रयोजनका लागि बनाइएका घरबाट कार्यसम्पादन गर्दा समस्या परेको वडाध्यक्षहरुकोे गुनासो छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालयको आफ्नै नाममा जग्गा धनीपुर्जा नहुँदा बजेट विनियोन गर्न समस्या परेको बताए ।

सम्बन्धित समाचार